काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै केही नेताको स्वार्थका कारण सरकारको नेतृत्व गरेको र संसदमा बहुमत भएको पार्टी अहिले विभाजनको अवस्थाबाट गुज्रेको बताएका छन् ।उनले माधव नेपाल लगायतका नेताहरूले कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्न खोजेको आरोप लगाए । माधव नेपालको साथ छाडेका केन्द्रीय कमिटी सदस्यहरूसहित पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकलाई बिहीवार सम्बोधन गर्दै ओलीले विना कुनै कारण पार्टी विभाजन गरिएको आरोप लगाए ।अध्यक्ष ओलीले कवि भूपी शेरचनको कविताको हरफ सुनाउँदै सुहागरात र स्वर्गीय पतिको याद एकैपटक आएजस्तो भएको बताएका थिए ।तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बिहीवार केन्द्रीय कमिटीको बैठकले नयाँ पार्टी गठन गरेका नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ ।
एमाले अध्यक्ष ओलीले भूपिको कविता सुनाउँदै भने – सुहागरात र स्वर्गीय पतिको याद एकसाथ
प्रतिक्रिया