काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन्। उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए। हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए। ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक विकल्प भएन। इतिहासमा यस्तो धेरै भएको छ। समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन्। ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ। हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ। हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो। संघीय संसदको हकमा सोच्नुपर्थ्यो,उनले भने।
माधव नेपालले भने : हाम्रो साथ छाडेकाहरुले नयाँ पार्टी दर्ता गराइसकेका थिए
प्रतिक्रिया