काठमाडौं, १० भदौ । पूर्वमन्त्री तथा एमाले उपत्यका इञ्चार्ज कृष्णगोपाल श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट किन र कसले हटाएको भन्ने कुरा संसारका सबैलाई थाहा भएको बताए ।
उनले नेपाली इतिहासको राजनेता भएकाले हटाइएको दावी गरे । नेकपा एमाले ओली समूह कीर्तिपुर नगर कमिटीले आज बिहान कीर्तिपुरमा आयोजना गरेको नगरस्तरीय छलफल कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
त्यस अवसरमा उनले,‘संसारको सबैलाई थाहा छ, केपी ओलीलाई गलत ढङ्गले सत्ताबाट हटाएको कुरा,’ भन्दै बताए ,‘ओली नेपाली इतिहासको राजनेता हो कसैले बिरोध गर्दैमा केही हुनेवाला छैन । मदन भण्डारीले बनाएको पार्टीमा बसेर उहाँकै श्रीमतीलाई हमला गरी अर्कोलाई सहयोग गर्नेहरु एमाले हुनै सक्दैनन् ।’“मदन भण्डारीले बनाएको पार्टीमा बसेर उहाँकै श्रीमतीलाई हमला गरी अर्कोलाई सहयोग गर्नेहरु एमाले हुनै सक्दैनन् ।’
१० बुँदे सहमतिलाई स्वीकार गरेर नेपाल पक्षीय ९ जना स्थायी समिति सदस्य एमालेमा फर्केकोतर्फ लक्षित गर्दै उनले सहमति सुझबुझका साथ गरिएको बताए । उक्त सहमति कुनै एकल निर्णय नभएको बताउँदै श्रेष्ठले भने छ, ‘जति बुँदे सहमति भए पनि ओली बाँचुञ्चेल कसैले पनि एमालेको नेतृत्व लिन सक्ने छैन ।’
कीर्तिपुर एमालेमा पार्टीभित्र एकता नरहेको बारे पनि श्रेष्ठले संकेत गरे । उनले सिङ्गो देशमा एमाले एउटा रहेको तर केही व्यक्तिका कारण कीर्तिपुरमा अर्कै प्रकारको एमाले रहँदै आएको उल्लेख गरे । कीर्तिपुरमा पार्टीको दुई वटा कार्यालय रहेता पनि आधिकारिक र नियमित खुल्ने राधाकृष्ण बस्नेत अध्यक्ष रहेकै कार्यालय भएको पनि इञ्चार्ज श्रेष्ठले सबैलाई जानकारी गराए । माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादल,लेखराज भट्टलगायतका नेताहरु एमाले र कम्युनिष्टपार्टीप्रति अति नै इमान्दार रहेको उनले ठोकुवा गरे । त्यसैले उनीहरुलाई पार्टीले उचित जिम्मेवारी दिनुपर्ने कृष्णगोपालको धारणा छ ।
पार्टी विगतको सांगठनिक ढाँचामा गइसकेको सन्दर्भ पनि उनले उठाए । सोही सन्दर्भमा श्रेष्ठले पार्टीमा एकताको नाममा छिरेका नेताहरुले इमान्दार ढङ्गले काम नगरे जुनसुकै बेला हटाइने चेतावनी समेत दिए। आजको छलफलमा विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागे पनि अघिल्लो साता पुनः एमालेमा नै फर्किएकाहरुको सहभागिता थिएन । ओली निकटहरुले अर्को पक्षलाई संस्थापन पक्षको आधिकारिक अध्यक्ष राधाकृष्ण बस्नेत नै रहेको र पार्टी कार्यालय पनि बस्नेतकै रहेको सन्देश दिन आज बिहान छलफल कार्यक्रम राखिएको बताइएको छ ।
प्रतिक्रिया