एमालेको केन्द्रीय कमिटी बैठक बस्दै , विभाजनको पक्षमा लागेकालाई कारबाही गर्ने

काठमाडौं, १० भदौ। नेकपा ९एमाले० को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।कार्यालय सचिव तामाङका अनुसार पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे बैठकमा छलफल हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति