काठमाडौँ, ९ भदौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न गएका ४ सांसदहरुलाई मान्यता नदिने भएको छ । बुधबार आयोगमा पुगेका सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षरलाई मान्यता नदिने भएको हो । निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।चार सांसदको हस्ताक्षर आयोगले अस्वीकार गरेपछि उनीहरु नयाँ पार्टीमा जान मिल्ने या नमिल्ने भन्ने विषयमा अन्यौल भएको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेको जगन्नाथ खतिवडाले जानकारी दिए । निर्वाचन आयोगमा जम्मा ५५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । नेता झलनाथ खनालले भने दिल्लीबाट नै सनाखत गरेका छन् ।
माधव नेपालले गुमाए यी ४ सांसद, को को हुन् उनिहरु ?
प्रतिक्रिया