नेकपा (एकीकृत समाजवादी) मा एमालेका ५४ केन्द्रिय सदस्यको सनाखत

काठमाडौं, ९ भदौ ।    माधव कुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल नेकपा (एकीकृत समाजवादी) मा नेकपा एमालेका ५४ केन्द्रिय सदस्य गएका छन् । बुधबार निर्वाचन आयोगमा भएको सनाखतमा ५४ केन्द्रिय सदस्य माधव नेपालको साथमा उभिएका हुन् । नेपालले एमालेका ५८ जना केन्द्रिय सदस्य सहित नयाँ दल दाबी गरेका थिए । जसमध्ये ३ जनाले हस्ताक्षर गरेका थिएनन् भने १ जना सनाखत हुने समयमा अनुपस्थित रहे ।राजनीतिक दलसम्बन्धि अध्यादेशले २० प्रतिशत केन्द्रिय सदस्य वा संसदीय दल सदस्यसहित दल विभाजन गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार एमालेको २ सय ३ केन्द्रिय सदस्यमध्ये ४१ सदस्य नयाँ दल निर्माणका लागि पर्याप्त रहन्छ ।नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सदस्यका आधारमा नयाँ दल दावी गरेको हो । माधव नेपालको पार्टीमा एमालेका ३४ सांसद छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board