सनाखतका लागि चन्द्रागिरिबाट टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगे माधव नेपालहरु

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न माधवकुमार नेपालहरु निर्वाचन आयोग पुगेका छन् ।

पार्टीका अध्यक्ष नेपाल लगायतका नेता तथा सांसदहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् ।

दुई दिनदेखि चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकका लागि बसेका नेताहरू टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका छन् ।

नेता नेपाल उनको पार्टीका स्थायी समतिसदस्यहरुसंगै अग्रपंक्तिमा रहेर बसबाट आयोग पुगेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति