माधव नेपाल निर्वाचन आयोग पुगे


काठमाडौं, ९ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएको नेता माधव कुमार नेपाली निर्वाचन आयोग पुगेका छन् । प्रस्तावित दल नेकपा एकीकृत समाजवादीका सांसद र केन्द्रीय सदस्यहरुको सनाखत आज हुँदैछ । सोही प्रयोजनका लागि नेता नेपाल आयोग पुगेका हुन् ।

माधव नेपाल नेतृत्वको समाजवादीका नेताहरू चन्द्रागिरिबाट सिधैँ निर्वाचन आयोग पुगेका हुन् । उनीहरू सोमबारदेखि चन्द्रागिरिमा बसेका थिए ।

निर्वाचन आयोगले आज उनीहरूलाई सनाखतका लागि सशरीर भौतिकरूपमा आयोगमा साढे ११ बजेदेखि उपस्थित हुन भनेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी दुवै दलले औपचारिकरूपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए। यता, नेपालको साथ छाडेका नेताहरु भने अध्यक्ष केपी शर्मा ओलीसँगै मिलेर एमालेमा बस्ने भएका छन् । मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओली र नेपाल समूह छाडेका नेताहरुबीच सहमति भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति