चन्द्रागिरिबाट माधव नेपालहरू सिधै निर्वाचन आयोग जाने

काठमाडौं, ९ भदौ । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्।

आयोगले सनाखतका लागि बिहान ११ :३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका लागि हिँडेका छन्। गत सोमबारदेखि नै चन्द्रागिरिमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक चलेको थियो।सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए। आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको छ।सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति