पार्टी मिलनपछि पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं, ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । वुधबार बिहान ११ च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीसहित ओलीले पत्रकार सम्मेलन गर्ने एमालेले जनाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमाले विभाजन नरोजेका दोस्रो तहका नेताहरुसँग सहमति भएपछि यसले पार्टीमा पार्ने प्रभाव, पार्टीमा देखिएको विभाजन र देशको समसामयिक राजनीतिक विषयमा ओलीले आफ्ना दृष्टिकोण राख्नेछन्। हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति