अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता ७ सय ७० नेपाली स्वदेश आइपुगे

काठमाडौ, ८ भदौ । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि आज मङ्गलवारसम्म सात सय ७० जना नेपाली स्वदेश आइपुगेका छन् । आज एक सय १२ जनासहित अहिलेसम्म सात सय ७० जना नेपाली अफगानिस्तानबाट स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौसम्म ल्याउनका लागि समन्वय भइरहेको र काबुलमा भने नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म नखुलेकोले त्यहाँ जहाज पठाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट जततउकस्ररलभउबअियलकगबिच।नयख।लउर अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेको छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू ९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), ९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), ९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र ९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेको छ । नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसको जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति