रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइयो

गौर, ८ भदौं । विभिन्न षड्यन्त्र गरि निर्दोष पत्रकारलाई लागुऔषध कारोबारमा फसाएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह समेत संलग्नता देखिपछि, शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।

गत साउन ३२ गते निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा (एसपी) शाहको समेत संलग्नता रहेको ले उनीमाथि छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने भएको हो । घटनामा संलग्नता देखिएकाले शाहलाई प्रदेश प्रहरी कार्यालयमा तान्ने गरी उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाए ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहने छ ।

निर्दोष साबित भएर रिहामुक्त भएका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । यस्तै, मोजिबुल्लाहलाई लागूऔषधमुदामा फसाएका धिरज यादव र जितेशकुमार यादवमाथि हाल अनुसन्धान भइरहेको छ, भने प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति