नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न : यस्तो भयो निर्णय

काठमाडौं, ८ भदौ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ ।

साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।साथै असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति