अष्टलक्ष्मीलाई बधाई दिँदै शुरू भयो एमाले बैठक

काठमाडौं । विद्रोहमा माधव नेपाललाई साथ नदिएका नेताहरूसँग भएको सहमति अनुसार एमालेलाई २०७५ जेठ २ मा फर्काउन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक शुरु भएको छ ।

वागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई दिँदै बैठक शुरू भएको छ । माधव नेपाल कित्तामा रहेकी शाक्यले एमाले एकता जोगाउन भन्दै १० बुँदे सहमति कार्यान्वयनलाई जोड दिँदै संस्थापन पक्षलाई साथ दिएकी थिइन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा विभाजनतर्फ नलागेको नेताहरूसहितको बैठकमा १० बुँदे कार्यान्वयन गर्दै पार्टी संगठनलाई जेठ २ मा फर्काउने सहमति भएको थियो । १० बुँदे कार्यान्वयनको समय तालिका र मोडालिटी बनाउने एजेण्डा बैठकका छन् ।

बैठकमा एमाले विभाजन नरोजेका नेताहरू पनि छन् । बैठकमा माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले सहभागी छन् ।
त्यस्तै बैठकमा पूर्वमाओवादी नेताहरू पनि सहभागी भएका छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा सहभागी भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति