एमाले स्थायी कमिटी बैठक सुरु, बैठकमा तेस्रो धारको ‘इन्ट्री’, (फोटोफिचर)

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपालको साथ छोडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी छन् । उनीहरु गत पुष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् । आजको बैठकमा अमृत बोहरा, डा। भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका हुन् । उनीहरुले हिजोमात्रै अध्यक्ष ओलीसँग बालकोटमा पुगेर छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष ओलीले दश बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । र, २०७५ जेठ २ गते एमालेमा नेताहरुको जे जस्तो भूमिका र जिम्मेवारी थियो त्यो कायमै राख्ने पनि ओलीले वचन दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति