काठमाडौं, ८ भदौ ।प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन्।चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले शाक्य आफ्नै सल्लाहमा बागमतीकी मुख्यमन्त्री बनेको बताएका हुन्।
नेता नेपालले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनु भएकै हो । तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’ राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’
दल रोजाइबारे शाक्यको निर्णयका आधारमा प्रदेश सरकारलाई कसरी हेर्ने भनेर तय गर्ने उनले बताए ।नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् ।
उनले आफूहरूसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशतभन्दा बढी सदस्य रहेको दाबी गरे।माधव नेपालसहितका नेताहरू सोमबार रातिदेखि नै चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन्। उनीहरू बुधबार बिहानसम्म सोही रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको छ। बुधबार निर्वाचन आयोगले उनीहरूलाई पार्टी दर्ताका लागि सनाखत गर्न बोलाएको छ।
प्रतिक्रिया