एमाले त्यागे झलनाथले , दूतावासमार्फत निर्वाचन आयोगमा सनाखतपत्र पठाउँदै

काठमाडौं, ८ भदौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी रोज्ने निश्चित भएको छ । सो पार्टीले पनि खनाललाई वरिष्ठ नेतामा राखेको छ ।हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका छन् । खनालले एमाले परित्याग गरेको उनीनिकट एक स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘उहाँले एमाले परित्याग गर्नुभएको छ र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता हो । भोलि निर्वाचन आयोगमा उहाँले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउनु हुनेछ ।’नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको पत्र निर्वाचन आयोगलाई आजै पठाउने तयारी भएको स्रोतले बतायो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति