सानेपामा कांग्रेस जिल्ला सभापतिको धर्ना, यस्ता छन् माग


काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। मंगलबार बिहान जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना गरेका हुन्।नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना गरिएको बताए।

उनकाअनुसार २२/२३ जिल्लाका सभापतिहरू आज केन्द्रीय कार्यालयमा धर्नामा पुगेका छन्। ‘आज दुई घन्टा धर्ना दिन्छौं,’ उनले भने, ‘माग पूरा भएन भने भोलिदेखि निरन्तर धर्ना जारी रहन्छ, जिल्ला सभापतिहरू नै धर्नामा आलोपालो गरी बस्नुहुन्छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति धर्नामा पुगेका छन्। वडा, जिल्लाबाट आएका क्रियाशीलको नामावली काटेर केन्द्रबाट सिधै क्रियाशीलको नाम राखिएको आशंका उनीहरूको छ।

‘वेवसाइटमा क्रियाशीलको नाम सार्वजनिक हुनुपर्छ। म क्रियाशील सदस्य छु कि छैन प्रत्येक व्यक्तिले हेर्न पाउनुपर्छ। नाम वा थरलगायत केही बिग्रेका छन् भने सच्याउने मौका पाउनुपर्छ,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति