धनुषामा एक युवकले गरे आफ्नै बुवा र श्रीमतीको हत्या

धनुषा, ८ भदौ । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ।हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। विवाद हुँदा गए राति मारेर खाल्डोमा गाडेको भन्दै भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ। ‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध थियो। त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। दुबै जनाको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति