नयाँ पार्टी गठन गरे पनि एकता प्रक्रिया चलिरहन्छ – नेता नेपाल

काठमाडौं, ७ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने बताएका छन्।काठमाडौंको चन्द्रागिरीमा आफू समर्थित सांसद र केन्द्रीय सदस्यको भेलामा नेपालले पार्टी दर्ता प्रक्रियामा गएकाले स्वतः दर्ता हुने र एकताको प्रक्रिया समेत चलिरहने बताए।उनले कार्यदलमा रहेका नेताले अझै पनि केपी ओलीलाई चिन्न नसकेको बताए।

१० बुँदे सम्झौता कार्यान्वयन गर्छु भने पनि त्यसका लागि ओली तयार नहुने उनको भनाई थियो। ‘कार्यदलको सम्झौता केपी आफैंले मान्नुहुन्न। अर्को कुरा हामीले पनि १० बुँदेलाई स्वीकारेको छैन। यसमा हाम्रो असहमति कायमै छ,’ नेपालको भनाई उदृत गर्दै सांसद पार्वती बिशुन्खेले भनिन्, ‘अहिले पनि तपाईहरुले (कार्यदलमा रहेका नेताहरू) उहाँलाई चिन्नुभएको छैन भने फेरि एकपटक चिन्ने प्रयास गर्नुहोस्। एमालेका दोस्रो तहका नेताले पार्टी एकताको लागि पार्टी अध्यक्ष केपी ओलीसँग १० बुँदे प्रस्ताव कार्यान्वयनको सहमति गरेकै दिन नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदलाई चन्द्रागिरी लगेका हुन्। सोमबार सामान्य छलफल भएको र मंगलबार दस्तावेजमाथि छलफल हुने सांसद बिशुन्खेले बताइन्।

उनका अनुसार भोलि समूहगत छलफल हुनेछ भने बुधबार त्यहीँबाट उनीहरू निर्वाचन आयोग आउने कार्यक्रम छ। आयोगले नेपाल पक्षलाई सनाखतको लागि बुधार बोलाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति