काठमाडौं, ७ भदौ । नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए । डा गौतम भन्छन्, ‘हामीलाई विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिस आएपछि हामीले फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेका हौँ ।’उनका अनुसार छुटेका अरु नेपालीहरु जो घर फर्किइसकेका छन् उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिनु भनेर पत्राचार भइसकेको छ ।‘अफगानिस्तानमा पोलियोको संक्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएको हो,’ डा गौतमले भने ।भारतले आइतबार अफगानिस्तानबाट फर्किएकाहरुलाई पोलियो खोप दिएको छ । भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले बिहीबार ट्वीट गर्दे भनेका छन्, ‘हामीले अफगानिस्तानबाट फर्किएका नागरिकहरुलाई निस्शुल्क पोलियो खोप दिने निर्णय गरेका छौँ । सम्पूर्ण स्वास्थ्य टिमलाई बधाई ।’सन् २०१६ यता अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रोग छ ।
अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने
प्रतिक्रिया