काठमाडौं, ७ भदौ । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । एमालेबाहेकका दलको समर्थनमा मुख्यमन्त्री बनेका केसीले आज विश्वासको मत लिने तयारी गरेका हुन् । ग्रामीण तथा शहरी विकास मन्त्रालयमन्त्री डिल्ली चौधरीले विश्वासको मात लिनेबारे छलफल भइरहेको बताए ।
एमालेले सूर्य चुनाव चिन्हबाट उम्मेदवार बनेर निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । एमालेले आजको बैठक अवरुद्ध गरेको छ । एमालेको अवरुद्धपछि सभामुखले २ः३० सम्मलाई बैठक स्थगित गरेका छन् । एमालेले अवरुद्ध जारी राख्ने भएपछि मार्सललगाएर भए पनि विश्वासको मत लिने तयारी गरिएको छ ।
प्रतिक्रिया