लोकतान्त्रिक समाजवाद र समाजवादउन्मुख जनवाद असफल – जसपाको राजनीतिक प्रतिवेदन

काठमाडौं, ७ भदौ । जनता समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको बताएको छ ।

‘नेपालमा नेपाली काँग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको छ’, गत भदौ २ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

त्यस्तै विचारको दृष्टिले वैकल्पिक र शक्तिको दृष्टिले पहिलो बन्ने अभियानको अभियन्ता भएको समेत जसपाले जनाएको छ । ‘पुरानो विचार बोकेर वैकल्पिक शक्ति निर्माण हुँदैन । त्यसका लागि विचार, सङ्गठन, सङ्घर्ष सबै हिसाबले नयाँ ढङ्गको, हरेक क्षेत्रमा आफ्नो अलग विकल्प भएको तथा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद निर्माणको कार्यभारहरूलाई पूरा गर्न सक्ने पार्टी हुनु पर्दछ’, राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति