“प्रमुख विपक्षी दलका नेता ले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु आपत्तिजनक”

काठमाडौं, ७ भदौ । सभामुखविरुद्ध प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुुन् ।

सभामुख व्यवस्थापिकाको प्रमुखका साथै संघीय संसदको संरक्षक भएको भन्दै , ‘सभामुखका विरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् ।’ उनीहरुले संवैधानिक मर्यादा अवलम्बन गर्न समेत विपक्षी दलका नेता ओलीलाई आग्रह गरेका छन् ।एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोशित ओलीले सभामुखलाई संसद चलाउन मन छ कि छैन ? भनेर प्रश्न गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति