सार्क राष्ट्रका सरकार प्रमुखहरुको तत्काल बैठक आयोजना गर्न प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौं, ७ भदौ । मानवअधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डल सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको हो ।

यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ आफ्नो देश फिर्तिका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ । यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति