बाढीले म्याग्दीमा घर बगायो

म्याग्दी, ७ भदौ । तीव्र वर्षापछि बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलामा आएको बाढीले सोमबार एउटा घर र गोठ बगाएको छ । गोठ भत्कँदा एउटा भैंसीसमेत मरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार बाढीले दुधेखोलावारिपारिका कम्तीमा ३२ घर उच्च जोखिममा परेका छन् । सोमबार बिहानसम्म पानी पर्न रोकिएको छैन ।दुधेखोलाको सिरानमा पर्ने तोराखेतमा पहिरो गएर बाढी आएपछि म्याग्दीखोला किनारका बस्तीमा क्षति पुगेको हो ।
त्यसै गरी रातभरिको वर्षापछि बेनी नगरपालिका–८ को जलेश्वरमा पहिरो खस्दा बेनी–जोमसोम सडक र मालिका गाउँपालिका–५ घमाउने भिरको पहिरोले बेन–दरवाड सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरीप्रमुख श्याम राईले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति