भाजपा विदेश विभाग प्रमुखको नेपाल भ्रमण : सत्तारुढ राजनीतिक दलसँग पार्टी स्तरीय सम्वन्ध विस्तारमा केन्द्रित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भेटवार्ता भएको छ । चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका हुन् । उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट नेपाल भ्रमणमा आएका चाथाईवाले नै सबैभन्दा उच्चस्तरीय नेता हुन् ।

कांग्रेस सह–महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले प्रधानमन्त्री र चौथाइवालेबीच भेटवार्ता अत्यन्तै उपलव्धी मूलक भएको बताए । दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ ? भन्ने विषयमा भाजपा र नेकांबीच पनि छलफल भइरहेको उनले बताए । ‘महतले भने उहाँलाई नेपाल भ्रमणको लागि मैले कांग्रेसको तर्फबाट निमन्त्रणा दिएको थिएँ । त्यही सिलसिलामा उहाँ नेपाल आउनुभएको हो । उहाँको यो भ्रमण मुख्यतः भाजपा र कांग्रेसको सम्बन्ध विस्तार र नेपाल–भारत सम्बन्धलाई कसरी बलियो पार्ने ? भन्ने सम्बन्धमै केन्द्रित हुन्छ,’ । महतले आइतबारको भेटवार्ताले नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे । भाजपाले नेपालक राजनीतिक पार्टीहरुबीच पार्टी पार्टीसस्तरमा सम्वन्ध विस्तार गर्ने योजना बनाएको दिल्ली स्थित स्रोतले बताएको छ ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाईवालेले पनि देउवासँग संवाद गरेका थिए । भारतीय संस्थपनका तर्फबाट नेपाल मामिला हेर्ने जिम्मेवारी चौथाइवालेको नै रहेको छ ।

भ्रमणका क्रममा चौथाइवालेले अर्को सत्तारुढ दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि राजनीतिक वार्ता गर्ने छन् । उनेल प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि शिष्टाचार भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले बताएको छ ।
अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री विष्णुपौडेलको निमन्त्रणामा चौथाइवालेले नेपालको भ्रमण गरेका थिए । त्यो भ्रमणको बेला उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीसंग लामो वार्ता गरुेका थिए । त्यही भेटवार्तालाई ओलीले आफ्नो राजनीतिक स्वार्थमा प्रयोग गरेको तत्कालीन नेकपाका नेताहरुले बताएने गरेका थिए ।


अघिल्लो वर्ष चौगथाइवालेको भ्रमण लगत्तै ओलीले संसद विघटन गरेर अन्तत नेकपा नै विघटन गर्ने अवस्थामा पुर्याएमा थिए । संयोग यस पटक पनि चौथाईवाले काठमार्डौमा रहेकै बेला नेकपा एमाले विभाजनले पूर्णता पाउने भएको छ । स्रोतका अनुसार चौथाइवालेले नयां पाटी नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई पनि भेट्ने बताइएको छ । दिल्ली स्थित स्रोतका अनुसार अहिलेको चौथाइवालेको भ्रमण नेपाली कांग्रेस र माओवादी संगको पार्टी स्तरीय सम्वन्ध लाई मजबुत बनाउने विषयमा नै केन्द्रित छ ।
चौथाइवालेले सत्तारुढ सजनता समाजवादी र महन्थ ठाकुर समुहका नेताहरुसंग पनि भेटघाट गर्ने कार्यअmम रहेको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति