मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु


लहान, ६ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।


पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति