एकतावादी एमालेलाई नाटक बन्द गर्नुस् भन्दै डा. संग्रौला दिए यस्तो सुझाव

काठमाडौं, ६ भदौ ।  वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले एमाले विभाजन हुनुमा अहिले तटस्थ रहेका नेताहरूको पनि ठूलो भूमिका रहेको बताएका छन् । उनले अब एकतावादी देखिने नाटक बन्द गर्न सुझाव समते दिएका छन् ।

कुनै समय एमालेको केन्द्रीय विभाग र झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहिसकेका संग्रौला पछिल्लो समय देशभक्तिपूर्ण अभियन्ताका रूपमा क्रियाशील छन् ।संग्रौलाले एकताका नाममा मन्त्री, सांसद र पद सुरक्षा गर्ने बार्गेनिङ चलिरहेको भन्दै एमाले फुट्नुमा अहिले एकता पक्षमा रहेका ९ जना स्थायी कमिटी सदस्यको पनि भूमिका रहेको दावी गरेका छन् ।संग्रौलाले एकताको नाममा फेरि केपी ओलीलाई अल्टिमेटम दिइएको भन्दै अब यी नेताहरूको हैसियत जता गए पनि समस्या सिर्जना गर्ने र गुट बनाउनेमात्र हुने बताएका छन् ।
उनले एमालेका दोस्रो तहका एकतावादी नेताहरूमा देश चलाउने हैसियत नरहेको र बुढा नेताको काँधमा बसेर मन्त्री हुनेमात्र योग्यता देखिएको भन्दै देशको राजनीति अझै नगिजोल्न आग्रह गरेका छन् ।

संग्रौलाले यो समूह माधव नेपालको पार्टीमा गए पनि अर्को गुट बन्ने र एमालेमा जाँदा पनि समस्या नै सिर्जना गर्ने भन्दै उनीहरूको हैसियत बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले प्रश्न गरेका छन्, एमाले ब्रान्ड हो वा विचारहरू ब्रान्ड हो भने के को अल्टिमेटम ?, खुरुक्क नेपाल खनाल छोड्नु होस् । तपाईंको विचार मिल्दैन भने ओली छोड्नुहोस् । देश संकटमा भएका बेला नागरिकलाई सहयोग गर्नुहोस् । तर तेस्रो होइन तपाईंहरू आफ्ना स्वार्थसिद्ध गर्न राजनीति झन्झ-न् गिजोल्दै हुनुहुन्छ । अब तपाईंका हातमा केही छैन ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board