काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले केही दिनअगाडि भानुलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन्। देउवा पहिले प्रधानमन्त्री हुँदा पनि भानु नै स्वकीय सचिव थिए।साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको निजी सचिवमा पनि भानु देउवाले नै काम गर्दै आएका थिए।
देउवा गत असार २९ मा प्रधानमन्त्री भए पनि अहिलेसम्म सचिवालयलाई पूर्णता दिएका छैनन्। उनले परराष्ट्र मामिला, अर्थ, प्रेसलगायत सल्लाहकार पनि नियुक्त गरेका छैनन्।प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पनि पूर्णता दिएका छैनन्। माधकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएपछि मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन्।
प्रतिक्रिया