१३ औं दक्षिण एशियाली खेलकुदमा भएको आर्थिक अनियमितता

काठमाडौँ, ६ भदौ ।  गत २०७६ साल मंसिर १५ गतेदेखि २४ गते सम्म १३ औं दक्षिण एशियाली खेलकुद आयोजना भएको थियो। उक्त खेलकुद संचालनमा १ अर्ब २४ करोड ९९ लाख खर्च भएको छ।

विशेष अवस्थाको सिर्जना देखाई १ अर्ब १ करोड ८७ हजारको खेलकुद सामाग्री र २ करोड ७८ लाख ६४ हजार रुपैंयाको सेवा सोझै खरिद गरिएको महालेखा परीक्षीकको प्रतिबेदनमा उल्लेख गरिएको छ। सो मध्ये २३ करोड ४ लाख बराबरको खेल सामाग्री माग फारम भरी वार्ताबाट छनौट भएको फर्मले सिधैं खेल स्थलमा झार्ने र सोही अनुसार सम्बन्धित खेल संघका चिफ कोच र अध्यक्षले आवश्यक गुणस्तर र परीमाण हेरी बुझिलिएको आधारमा खर्च लेखिएको छ।

फिल्ड निरीक्षण गर्दा स्पोर्टस किटस ट्र्याक सुट जुत्ता मोजा झोला टिसर्ट र रुमाल १ हजार ७ सय ७ मौज्दात देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। खेलकुद समाप्त हुँदा सम्म उक्त सामान प्रयोग नहुँदा खरिदको औचित्य पुष्टि नभएको प्रतिबेदनमा लेखिएको छ।

आवश्यकता भन्दा बढी खरिद भएका ति सेटको प्रति सेट १२ हजार रुपैंयाको दरले हुने २ करोड ४ लाख ४८ हजारको खर्च निर्णय गर्नु औचित्यपूर्ण नदेखिएको प्रतिबेदनमा उल्लेख छ।

नेपाल ओलम्पिक कमिटी र भारतीय एक प्राईभेट लिमिटेटबीच खेलकुदका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रसारण, भिडियो र फोटोको ब्रोडकाष्टिङ अधिकार सहभागी सात राष्ट्रमा १५ टेलिभिजन च्यानल मार्फत गर्ने गरी ८ करोड रुपैंयामा सम्झौता भएको देखिन्छ। ब्रोडकाष्टिङ अधिकार बिक्री गर्दा उक्त प्रालि संग कार्य सम्पादन जमानत नलिएकोले खेलकुद परिषदले उक्त रकम असुल गर्न सकेको छैन। साथै एक भारतीय विज्ञापन एजेन्सीसंग सम्झौतामा विज्ञापनबाट प्राप्त आम्दानी मध्ये उक्त एजेन्सीबाट ५० प्रतिशत परिषदलाई आम्दानी प्राप्त हुने व्यवस्था भएकोमा विज्ञापनबाट भएको आम्दानी नखुलाईएको प्रतिवेदनमा जनाईएको छ। प्रतिवेदनले विज्ञापन आम्दानी यकिन ग री उक्त एजेन्सीबाट ५० प्रतिशतले हुने रकम परिषदले असुली गर्नु पर्ने किटान गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति