पार्टी सभापतिको उम्मेदवारबाट पछि हट्दिन – नेता प्रकाशमान सिंह

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन् । आमजनताको दुखमा मलमपट्टी लगाउन लागि भए पनि आफू काँग्रेस सभापति बन्नु पर्ने उनले बताए । ‘आम जनताको दुखमा मलमपट्टी लगाउन भए पनि म कांग्रेसको सभापति बन्नु पर्छ, सबैलाई मिलाउन सक्ने मसँग क्षमता छ’ उनले भने, ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ, म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे ।उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी जनताको पार्टी भएको दाबी गरे ।उनले केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको दावी गर्दै यसले वर्षौंदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको समेत बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति