आईएसले आफगानमा तालिबानको जितलाई भन्यो : इस्लामको नभई सुविधाको जित भएको हो


काठमाडौं । चरमपन्थी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस ले अफगानिस्तानमा तालिबानको विजयलाई लिएर आफ्नो प्रतिक्रिया जनाएको छ । आईउसले अफगानको पछिल्लो अवस्थाबारे प्रतिक्रिया दिँदै आतंकवादी संगठन आईएसले त्यहाँ तालिबानले नजितेको, बरु अमेरिकाले नै अफगानिस्तानको नेतृत्व तालिबानलाई सुम्पिएको तर्क गरेको हो ।

अफगानिस्तानको सत्तामा तालिबानलाई अमेरिकाले पर्‍याइदिएको उसको दाबी छ । पछिल्ला केही वर्षयता अफगानिस्तानमा तालिबान र आईएस एक–अर्कोविरुद्ध मुठभेडमा छन् । तालिबानले आफगानिस्तानको सत्ता कब्जमा लिएपछि आईएसले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगष्ट १९ गतेको सम्पादकीयमा लेखेको तालिबानको जितलाई इस्लामको जीत नभई सुविधाको जीत भनेको छ।

उसले लेखेको छ, ‘यो सुविधाको जीत हो, इस्लामको होइन ।यो लेनदेनको जीत हो, जिहादको होइन ।’ ‘नयाँ तालिबान’लाई आईएसले ‘इस्लामको नकाबधारी बहुरूपी’ को संज्ञा दिएको छ । अब उनीहरूलाई अमेरिकाले मुसलमानबीच विवाद निम्त्याउन र इस्लामिक स्टेटको उपस्थिति अन्त्य गर्न उपयोग गर्ने पनि सो सम्पादकीयमा दाबी गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति