जापानबाट आइपुग्यो २ लाख एस्ट्राजेनेका खोप

काठमाडौं, ५ भदौ।   जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप आइतबार वा सोमबारसम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।

हालसम्म कुल खोप लगाउने नेपालीको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ भने त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति