वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ भदौ ।  वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति