क्यानद्वारा त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

काठमाडौं, ५ भदौ।  आइसिसी विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नेपाल–अमेरिका र ओमानबीच हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले शनिबार १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा हुने सिरिज टोलीमा तीव्र गतिका बलर गुल्शन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्शन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए ।

सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्शनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका छन् । गुल्शनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीलमा स्थान बनाएका छन् ।

ओमानमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २÷२ खेल खेल्ने छ । त्यसका लागि नेपाली टोली मंगलबार ओमान जाँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति