बागलुङ ५ भदौ । कोरोना भाइरस बिरूद्वको खोप जिल्लामा अहिलेसम्म १ लाख ९ हजार भन्दा बढी डोज भित्रीएपनि सरोकारवालाले सहि ब्यबस्थापन गर्न नसक्दा अहिले पनि खोप लगाउने स्थानमा भिडभाड बढेको छ ।
जिल्ला निषेधाज्ञा जारी भइरहेको बेला कोरोना खोप लगाउने भिडभाड कै कारण अर्को जोखिम बढ्ने देखिन्छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बिरूद्वको खोप जिल्लामा लगातार रूपमा आएपनि बागलुङ जिल्लामा कोरोना खोप लगाउनेमा भिडभाड कायमै रहेको छ ।
अहिले जिल्लामा ब्यबसाय गर्ने ब्यापारी लाई प्यान नम्बरको आधारमा ब्यबस्थित रूपमा लाइनमा राखेर खोप दिने काम गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्ण बहादुर पल्लि मगरले बताए ।
बागलुङ सदरमुकाममा रहेका ब्यापारी ब्यबसायीलाइ कोरोना बिरूद्व खोप दिने भनेर बोलाइएको भएपनि सामाजिक दुरी कायम गरिएको छ नत स्वास्थ्य मापदण्डको पालनामा ध्यान दिइएको छ । अहिले कोरोना बिरूद्वको खोप अभियानले संक्रमण घटाउनु साटो तत्काल थप संक्रमण बढाउने देखिन्छ । बागलुङ जिल्लामा कोरोना भाइरस बिरूद्व खोप पटकपटक लगाउने काम भएपनि जिल्लामा खोप ब्यबस्थापन गर्ने सरोकारवाला निकाय र खोप लगाउने ब्यवसायीले राम्रो ब्यबस्थापन गर्न नसक्दा लक्षित वर्ग अझैसम्म खोप लगाउन बाट बन्चित बनेका छन् ।
अहिले सम्म जिल्लामा स्वास्थ्यमर्की ,सरकारी कार्यालयका कर्मचारी,जनप्रतिनिधि ,संचारकर्मी, बैंक तथा वित्तिय सस्थाका कर्मचारी, ५० वर्ष देखी माथिका नागरिक,व्यवसायी गरी पुर्ण खोप लाउने ४७ हजार ९ सय ७ पुगेका छन् भने करिव १२ हजार जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
अव करिव १ लाख डोज खोप आएमा १८ वर्ष देखी माथि सवै नागरिकले खोप पाउने आकलन गरिएको छ । बागलुङ जिल्लामा अहिलेसम्म कोभिशील्ड ३८ हजार ९ सय २० भेरोसेल ५९ हजार ७५, र जोन्सन एण्ड जोन्सन १२ हजार ६० गरि जम्मा १ लाख ९ हजार ३५५ डोज खोप जिल्लामा भित्रीएकोमा स्वास्थ कार्यालय बागलुङले जनाएको छ । बागलुङ जिल्लामा कोरोना संक्रमण बढेको कारण प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।बागलुङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ६४ जना ब्यक्तिको निधन भइसकेको छ भने जिल्लामा अहिलेसम्म सक्रिय संक्रमित ४९८ जना रहेका छन् भने ६ हजार ६ सय ८३ जना निको भैसकेका छन् ।
COMMENTS