दूध चुसाउदै मृत्यु भएकि धर्माकुमारीको दुनियाँ भावुक बनाउने हृदय विदारक तस्बिर

काठमाडौँ, ५ भदौ । शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो। २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्।

उक्त तस्बिर उनी राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा बसमा लिइएको हो। मुटु रोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर नेपालगञ्ज जाँदै थिइन्। बिहीबार उपचारका लागि गाउँबाट नेपालगञ्ज जानेका क्रममा उनले बसमै ज्यान गुमाएकी थिइन्।

उनको उपचारमा पहिला पनि ४ लाख भन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिए। शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिए। तर उनले बाटोमै ज्यान गुमाइ सकिछन्। रातिसम्म त फोनमा कुरा भइरहेको थियो ठिकै थिइन तर के पो भएछ बाटोमा। बिहान त छोरालाई मात्रै भेट्न पाए।’

धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि एउटा सिट मिलाइएको थियो। ‘बर्दियाको हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा तर उनी भुईमा खसेका रहेछन्। र, धर्मा हलचल गर्न नसक्ने अवस्थामा थिइन’ एक यात्रुले भने।

रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेका थिए। सोही क्रममा आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो। त्यहीबेला एक यात्रुले भाइरल बनेको तस्बिर खिचेका थिए। जुन अहिले चर्चामा आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति