विश्वभर १८ करोड ९२ लाख मानिस कोरोना संक्रमणबाट मुक्त संक्रमितको संख्या २१ करोड १४ लाख नाघ्यो

काठमाडौँ, ५ भदौ । विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ८६२ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ छ ।यही अवधिमा ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ ।खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४७ हजार २१३ जनामा संक्रमण भएको छ । यस्तै थप १०५९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ४२ हजार २८१ जनाको मृत्यु भइसकेको छ ।यसैगरी ब्राजिलमा ५ लाख ७३ हजार ६५८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३३ हजार ९९८ संक्रमितको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति