माधव नेपालको साथ ‘छोडेका’ नेताहरूको भेलामा ५७ जना सहभागी


काठमाडौं, ५ भदौ । माधव नेपालको साथ ‘छोडेका’ एमालेका नेताहरूको भेलामा ५७ जना सहभागी भएका छन्। शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको भेलामा स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसद गरी करिब ५७ जनाको उपस्थिति रहेको नेता भीम रावलले जानकारी दिए।भेलाले कार्दलले तयार पारेको १० बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने र पार्टी दर्ता प्रक्रिया रोकिनुपर्ने निष्कर्ष निकालेको छ।यस्तै, भेलाले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता सिर्जना गरेको पनि निष्कर्ष निकालेको छ।

वक्तव्यमा भनिएको छ – ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाउँदै संयुक्त वक्तव्यमा भनिएको छः ‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board