नागरिकको बैंकिङ पहुँच बढ्यो : खाता मात्रै सवा ३ करोड खोलियो

काठमाडौं, ४ भदौ । बैकिङ कारोवार गर्नेको संख्यामा बृद्धि भएको छ । कुल जनसंख्यका ६७ प्रतिशत बढी नागरिकमा बैंकिङ पहुँच पुगेको हो । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशका ६७ दशमलव ३४ प्रतिशत नागरिक बैंकिङ पहुँचमा जोडिएका छन् । २०७६ साल असारसम्म ६० दशमलव ९ प्रतिशतमात्रै नागरिकहरुमा वित्तीय पहुँच पुगेको थियो ।

राष्ट्र बैंकले बैंकिङ पहुँचको समग्र अवस्थाबारे अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय कारोबारमा महिलाहरु सक्रिय देखिएको प्रतिवेदनमा उल्लेख छ। कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खातामात्रै सक्रिय रहेका छन् । यसमा पनि महिलाको खाता धेरै सक्रिय रहेको राष्ट्र बैंकले बताएको छ । प्रतिवेदन अनुसार पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२।३ प्रतिशत खाता सक्रिय रहेका छन् ।

उता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता संख्या ३ करोड १८ लाख नाघेको छ । सार्वजनिक प्रतिवेदनअनुसार निक्षेप खाता गत जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार पुगेको हो ।यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा भने ६७.३४ प्रतिशत नागरिकको कम्तिमा एक निक्षेप खाता रहेको देखिएको छ ।

२०७६ असार मसान्तमा कम्तिमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०।९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको राष्ट्र बैंकले बताएको छ ।मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं। २ मा सबैभन्दा कम देखिएका छन् । खाता भएका मध्ये २७.०१ प्रतिशतलेमात्रै प्रदेश २ मा मोवाइल बैंकिङ चलाउने गरेका छन् । प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति