पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण, २ हजार २ सय ४४ जना निको

काठमाडौं, ४ भदौ ।  पछिल्लो २४ घण्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार पाँच सय ३० जनाको पीसीआर र सात हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २३ हजार ६ सय ४७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार पाँच सय ४३ पुगेको छ ।

यही अवधिमा थप २६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ५५ पुगेको छ । अहिले नेपालमा ४० हजार तीन सय नौ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति