काठमाडौं, ४ भदौ महन्थ ठाकुर पक्षले आफ्नो पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राख्ने भएको छ । जनता समाजवादी पार्टीसँग मिल्दोजुल्दो नाम भएपछि ठाकुर पक्षले नाम परिवर्तन गर्ने भएको हो ।
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दल दर्ता गर्न निवेदन दर्ता गरेको थियो।
ठाकुरको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी लोसपा दर्ता गर्न आयोगमा निवेदन दिइएको हो । यस्तै कार्यकारिणी समिति सदस्यमा ७ जना थपिएका छन् । अब समिति ३१ सदस्यीय बनाइएको छ । यसअघि ठाकुर पक्षले २४ सदस्यीय कार्यकारिणी सदस्यको नाम आयोगमा पेश गरेको थियो। आयोगले कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने भनेपछि ठाकुर पक्षले ७ जना महिलाको नाम थपेको हो।
प्रतिक्रिया