यो हो विश्वकै सबैभन्दा महँगो आइफोन, जसको मूल्य ५ अर्ब भन्दा बढी पर्छ

काठमाडौं । बजारमा विभिन्न खालका मोबाइलहरु पाइन्छ । हामि सबैलाई थाहाँ नै छ, एकउटा मोबाइलको मूल्य १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने गर्छ ।

तर एक लाख भन्दा बढी मूल्य पर्ने मोबाइल सुन्दा जोकोही झस्किन्छ । आज हामि लाखको मोबाइल होइन अर्ब पर्ने मोबाइलबारे जानकारी दिदैछौं । एउटै मोबाइलको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्दा अचम्म लाग्न सक्छ ।

अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य सुन्दा चकित परिन्छ । यस कम्पनीको मोबाइलको मूल्य ४८।५ मिलियन अमेरिकी डलर ९५ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ निर्धारण गरिएको छ ।

यो फोनलाई विश्वकै महँगो फोनको रुपमा चिनिएको छ । फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड नै अहिले चर्चामा छ । यो फोनको पछाडि गुलाबी हीरा जडित छ । आइफोनको प्लेटिनम २४ क्यारेट सुन र रोज गोल्ड जडित भएका कारण यो फोन धेरै महँगो भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board