पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, २ हजार १ सय २६ जना निको

काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २० हजार ६ सय पाँच पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ ।

यही अवधिमा थप ३३ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय २९ पुगेको छ । अहिले ४० हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेकामा सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति