एमालेमा एकछिन सूर्यमा बादल लागे जस्तो : अध्यक्ष ओली


काठमाडौं, ३ भदौ ।   नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताएका छन् ।
बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले पार्टी विभाजन सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको बताएका हुन् ।कार्यक्रममा पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रुख हुँदैन । हामीमा त्यस्तै भयो ।’आफू सबैभन्दा जिम्मेवार पार्टी अध्यक्षको हैसियतले कसैलाई उचाल्ने पछार्ने भन्दा पनि राष्ट्र निर्माण र समृद्धिको बाटोमा लागेको ओलीले बताए । ‘देशभरी अहिले पनि हामी नै धेरै सरकारमा छौं, ७ वटै प्रदेशमा हाम्रो जनप्रतिनिधि धेरै छ,’ उनले भने, ‘हाम्रो ध्यान देशको विकासमा छ ।’सोही कार्यक्रममा पूर्वमन्त्री एवं एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार ५ हप्तासम्म पनि निस्क्रिय भएर बसेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति