निर्वाचन आयोगले गर्यो यस्तो सङ्केत : माधवले ‘एमाले’ र महन्थले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने

काठमाडौं, ३ भदौ । बुधबार एकैदिन निर्वाचन आयोगमा दुईवटा दल दर्ताका लागि निवेदन दायर भए । माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गरिपाऊँ भन्ने निवेदन दायर भयो । महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन पर्‍यो ।
कतिपयलाई लाग्न सक्छ कि अब माधव नेपालले नेतृत्व गरेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) नै ठहर हुनेछ । तर, निर्वाचन आयोगको एक स्रोतले भने माधव नेपालले प्रस्ताव गरेको नामलाई आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको बतायो । त्यसैगरी महन्थ ठाकुरको पार्टी नाम पनि जसपा (लोकतान्त्रिक) सदर नहुने सम्भावना रहेको आयोग स्रोतले बतायो ।‘दलको नामका सम्बन्धमा गत फागुन २३ को सर्वोच्च अदालतको फैसलाले निर्वाचन आयोगलाई सचेत बनाइसकेको छ,’ आयोगका एक अधिकारी भन्छन्, ‘त्यसैले एमालेका पछाडि फुर्को जोड्दैमा वा जसपाकै नाममा फुर्को जोडेर त्यसले वैधानिकता नपाउन सक्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति