बल्ल पार्टी एकताको आधार तयार भयो : नेतृ झाँक्री

काठमाडौं, २ भदौ ।  नेकपा एमाले समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । बुधबार निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकताको ढोका बन्द नभएको बताइन् । झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता रु बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो ।

दुईटा पार्टीको स्टाटसमा एकताको सम्भावना त जहिले पनि रहन्छ । निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिनापछि वा दुई महिनापछि जहिले पनि सम्भावना रहन्छ । हामी एकताबद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाजवादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’उनले पार्टीमा शृङ्खलाबद्ध ढंगले कारवाही गरेर बस्नै सक्ने अवस्था नभएपछि बाध्यात्मक रुपमा नयाँ पार्टी निर्माणको कदम चाल्नुपरेको उल्लेख गरिन् । उनले पार्टी एकताको संभावना नटरेको दावी गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति