काठमाडौं, २ भदौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले ९५ जना केन्द्रीय सदस्यसहित समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
बुधबार नेकपा एमाले विभाजन गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो। माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता राखिएको दलमा अरु सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको उनले बताए। एमाले समाजवादीले खुला किताब चुनाव चिह्न राखेको भएपनि उक्त चिह्न उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि अहिले चुनाव चिह्न तोकिएको छैन। नेता पाण्डेले छलफलपछि चुनाव चिह्नबारे निर्णय गर्ने जानकारी दिए।
साबिक एमालेको केन्द्रीय कमिटीका ५८ जनाले दल दर्ताका लागि निवेदन दिएको उनले जानकारी दिए। हामीले नेकपा एमाले समाजवादी पार्टी दल दर्ता गरेका छौं। हामीले दल दर्ताको प्रमाणपत्र पाएपछि चाँडै नै राष्ट्रिय सम्मेलन गर्छौं।
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ भने राजपत्रमा प्रकाशित गरिएको छ। अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी नेपालले दिएको निवेदन ३५ दिनभित्र कारबाही गर्नेछ।
प्रतिक्रिया