९५ सदस्यीय एमाले समाजवादी पार्टीमा ५८ जना एमालेका

काठमाडौं, २ भदौ । एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ। आज निर्वाचन आयोगमा नयाँ दल दर्ता गराइएको हो। पार्टीको चुनाव चिह्न भने खाली राखिएको छ। सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।नयाँ पार्टीले देशव्यापी कार्यकर्ता भेला आयोजना गर्ने उनले बताए। नयाँ पार्टीमा एमालेका ५८ जना केन्द्रीय सदस्य रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति